फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित । फलेवास नगर कार्यपालिकाको कार्यालय कार्यालय यही मिति २०७५ माघ ४ गते देखि सार्वनजिक भवनवाट संचालन । फलेवास नगर कार्यपालिकाले अघि सारेको कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण गरि फलेवास नगरबासीको मात्र नभएर समग्र मुलुककै समृद्धिको यात्रा तय गर्ने हाम्रो निति मा संघीय सरकारबाट पहल कदमीको शुरूवात भएको छ । फलेवास नगरपालिकाभित्र निर्माण हुने घर नक्सा पास तथा पुराना घरहरुको नक्सा नियमित गर्न सबै नगरवासीहरुमा अनुरोध छ ।

लिमिठाना मा.वि को वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम

फलेवास नगरपालिका वडा नं.७ स्थित वि. सं. २०२२ सालमा स्थापित लिमिठाना मा.वि. को ५३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस  फलेवास नगरपालिका प्रमुख श्री पदमपाणी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको स्तरोन्नतीमा सहयोग पुर्याउनुहुने सम्पूर्ण अभिभावक तथा समाजसेवीहरु लाइ प्रमाणपत्रका साथ सम्मान गरिएको छ । उक्त विद्यालय मा कानून विषयमा कक्षा ११ को पढाई संचालन भएको पनी जानकारी गराउन चाहन्छौ ।

आर्थिक वर्ष: