FAQs Complain Problems

समाचार

ग्यालरी

"कला, संस्कृति, खेलकुदको संरक्षणमा सबैको साथ्, हफ्म्रो अभियान समृद्द फलेवास" भन्ने मूल नाराका साथ् युनाइटेड स्पोर्ट्स क्लव, देवीस्थानको आयोजना र फलेवास नगर कार्यपालिका कार्यालयको विशेस सहयोगमा मिति २०७६ मंशिर १९ देखि २९ गतेसम्म संचालन हुने बृहत फलेवास व्यापारिक कृषि तथा संस्कृतिक मेला-२०७६ मा गण्डकी प्रदेस, आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङ |

मिति: 12/05/2019 - 20:35
, , , , , , ,

फलेवास नगरपालिका स्थित मल्यांग्दी खोला, मुडिकुवा, देवीस्थान, ढिक मोटरबाटो सेन्टर चक्रपथ कालोपत्रे निर्माण  मिति २०७६ कार्तिक १० गते भव्यताका साथ गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ द्वारा शिलान्यास भएको छ |

मिति: 10/27/2019 - 18:53
, , , , , , , ,

उमेरजन्य विभेद अन्त्यको यात्रा भन्ने मुलनाराका साथ २९औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश फलेवासमा सम्पन्न भएको छ । फलेवास नगर कार्यपालिकाको आयोजनामा १४ आश्विन २०७६ (अक्टोवर १, २०१९) मा फलेवास नगरपालिकाका नगरका जेष्ठ नागरिक पुरुष तर्फ वडा नं. ६ का श्री रत्न वहादुर थापा र महिला तर्फ वडा नं. ८ का श्री टिका कुमारी कुंवरलाई नगर प्रमुख पदमपाणी शर्माले सु स्वास्थ्य र दीर्घायुको कामना गर्दै दोसल्ला, नगद रु.१० हजार र फलफुल वितरण गरी सम्मान गर्नु भयो ।

मिति: 10/01/2019 - 23:05
, , , , ,

फलेवास नगरपालिकाको पाचौँ नगरसभा सम्पन्न भइ आगामी आर्थिक वर्ष ०७६/०७७ को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ सर्वसम्मत मत द्धारा पारित भएको छ ।
मुख्य निति तथा कार्यक्रमहरु यसप्रकार रहेका छन ः
१) मुख्य तथा शाखा सडकहरुको स्तरोन्नती गरिने ।
२) युवासँग नगर प्रमुख कार्यक्रम संचालन गरिने ।
३) भुमिहिन परिवारलाई निःशुल्क जग्गा उपलव्ध गराउने ।
४) परम्परागत पेसा व्यवसायहरुलाई आधुनिकरण गरी व्यावसायिक बनाईने ।
५)पर्यटन विकासका पूर्वाधार तथा कार्यक्रम अगाडी बढाइने ।
६) व्यावसायिक कृषि तथा पशुपालन लाइ प्रोत्साहन गरिने ।

मिति: 06/26/2019 - 08:17
, , , , , ,

फलेवास नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विज्ञान विषयका शिक्षकहरु, नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरु, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकको लागी हरियो वन कार्यक्रमको सहयोगमा LARC नेपालद्वारा फलेवास नगरपालिकाको सभा हलमा संचालित चट्याङ तथा विपद जोखिम न्यूनीकरण सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अमृत साईन्स क्याम्पसका प्राध्यापक डा. श्रीराम शर्मा ज्ञवाली ले प्रशिक्षण दिनुभएको छ ।

मिति: 06/12/2019 - 22:19
, , ,

मिति २०७६ साल जेठ १४ गते फलेवास नगरपालिकाको चौँथो नगरसभा को पहिलो दिनमा निम्नलिखित विधेयकहरु पेश गरिएको छ ।
१) फलेवास नगरपालिकाको स्वास्थ्य विधेयक, २०७६
२) फलेवास नगरपालिकाकाको सरसफाइ विधेयक, २०७६
३) फलेवास नगरपालिकाकाको वालवालिका सम्वन्धि विधेयक, २०७६

मिति: 05/28/2019 - 15:12
, , , , , ,

नगर प्रमुखद्धारा फ.न.पा को रातो किताव (नीति, कार्यक्रम तथा वजेट पुस्तक) गण्डकी प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री रामशरण वस्नेत ज्यू लाई हस्तान्तरण गर्नुहँदै ।

मिति: 03/07/2019 - 08:38
, , ,

गण्डकी प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री ज्यु बाट शंकर पोखरी लिफ्ट खानेपानी आयोजनाको शिलान्यास कार्यक्रम । साथमा सचिव ज्यु , फलेवास नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी ज्यु हरु ।

मिति: 03/07/2019 - 08:34
, ,

Pages