FAQs Complain Problems

समाचार

ग्यालरी

फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँ स्थित भौतिक पुर्वाधारको अभावमा मोती पुस्तकालयको भवनवाट संचालन भएको फलेवास नगरकार्यृपालिकाको कार्यालय यही मिति २०७५ माघ ४ गतेवाट खानीगाउँ स्थित प्रयोगविहीन र जिर्ण अवस्थामा रहेको सार्वजनिक (सिंचाई कार्यालयको) भवनलाई मर्मत सम्भार गरेर कार्यालयको सम्पूर्ण कामकाज एकै ठाउँवाट संचालन हुनेगरी सारीएको व्यहोरा सवै नगरवासीहरुमा जानकारी गराउन चाहन्छौँ । साथसाथै नगर कार्यपालिकाको कार्यालयवाट गरिने सेवा प्रवाह पहिलेभन्दा सहज र व्यवस्थित रहनेछ ।

मिति: 01/23/2019 - 13:51
, , , , , , , , ,

फलेवास नगरकार्यपालिकाको कार्यालयमा नगर प्रमुख, नगर उप प्रमुख, वडा अध्यक्ष, वि.व्य.स.अध्यक्ष सहितको वृहद नगरस्तरीय प्रधानाध्यापक वैठक सम्पन्न । वैठकमा निम्न प्रस्तावहरुमा छलफल भएका छन ः

मिति: 12/07/2018 - 22:44
, , ,

फलेवास नगरकार्यपालिकाको कार्यालयमा आज मिति २०७५ मंशिर १४ मा नगरप्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा कालिगण्डकी बहुउद्देशीय परियोजनाको पूर्व सम्भाव्यता अध्ययन टोलि र फलेवास नगरकार्यपालिका विचको अन्तरक्रिया सम्पन्न भएको छ ।

मिति: 12/01/2018 - 08:22
, , ,

फलेवास नगरपालिकाको आयोजनामा श्री भवानी विद्यापिठ विद्यालयमा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिका स्तरीय खुला तीज गीत प्रतियोगिता, अन्तर मावि तीज गीत प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता कार्यक्रम भव्यताका साथ सु सम्पन्न गरिएको छ ।

साथै उत्कृस्ट वि.व्य.स. का अध्यक्ष, प्रधानाध्यापक, शिक्षकहरु, शिक्षासेवी, एस.इ.इ. परिक्षामा नगरपालिकाका सर्वोत्क्रिस्ट प्राप्ताङक ल्याउने विद्यार्थीहरु लगायतलाइ सम्मान तथा पुरस्कार वितरण गरियो ।

मिति: 09/09/2018 - 06:55
, , , , , , , , , , ,

०७५/०५/२१ गते नगर प्रमुख श्री पदमपाणी शर्माको अध्यक्षतामा कार्यपालिकाका सदस्य, शाखा प्रमुख र पत्रकारहरुको उपस्थितीमा शाखाहरुवाट आ.व. ०७४।७५ का वार्षिक कार्यक्रमहरुको प्रगति प्रस्तुतीकरण गर्नुका साथै अनुगमन टोलिका प्रतिवेदनहरु र सार्वजनिक सुनुवाईको समिक्षत्मक प्रस्तुती सम्पन्न भयो ।

मिति: 09/07/2018 - 21:21
, , , , , , , , ,

Pages