फलेवास नगरपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको मध्यभागमा रहेको छ । यो नगरपालिका भौगोलिक विविधताले भरिएको एक रमणीय क्षेत्रको रुपमा चिनिन्छ । यस नगरपालिकाको सिमानामा पूर्वमा स्याङ्गजा जिल्ला र महाशिला गाउँपालिकाको केही भाग, दक्षिणमा स्याङ्गजा जिल्ला, महाशिला गाउँपालिका र विहादी गाउँपालिकाको केही भाग, पश्चिममा वाग्लुङ्ग जिल्ला र उत्तरमा कुश्मा नगरपालिका पर्दछन । यस नगरपालिकाको कुल क्षेत्रफल ८५.७ वर्ग कि. मी.
फलेवास नगरपालिकाको १७ औं नगर सभा (२०८२/०३/०९) का तस्विरहरु
मिति २०८१ साल कार्तिक २३ गते यस फलेवास नगर कार्यपालिकाको कार्यालयमा नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत श्री छेन सोङज्यूलाई स्वागत तथा सम्मान गरियो ।
फलेवास नगरपालिकामा विगत एक वर्षदेखि कार्यरत रहँदै आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री ऋषिराम आचार्यज्यूको सेवानिवृत्त जीवन सुखमय, उर्जावान र रचनात्मक तवरले वितोस भन्ने सुभेच्छा प्रकट गर्दै विदाई कार्यक्रम समापन गरियो |
मिति २०७९/११/२४ गतेको नगर प्रमुख गंगाधर तिवारी, उप प्रमुख शोभा कुमारी क्षेत्री, पूर्वाधार बिज्ञ डा. चन्द्र श्रेष्ठ, जनप्रतिनिधि, कर्मचारी र राजनैतिक दलका प्रतिनिधि सहितको अन्तरक्रिया कार्यक्रम