मिति २०७६ साल जेठ १४ गते फलेवास नगरपालिकाको चौँथो नगरसभा को पहिलो दिनमा निम्नलिखित विधेयकहरु पेश गरिएको छ ।
१) फलेवास नगरपालिकाको स्वास्थ्य विधेयक, २०७६
२) फलेवास नगरपालिकाकाको सरसफाइ विधेयक, २०७६
३) फलेवास नगरपालिकाकाको वालवालिका सम्वन्धि विधेयक, २०७६
समाचार
ग्यालरी
नगर प्रमुखद्धारा फ.न.पा को रातो किताव (नीति, कार्यक्रम तथा वजेट पुस्तक) गण्डकी प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री रामशरण वस्नेत ज्यू लाई हस्तान्तरण गर्नुहँदै ।
गण्डकी प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री ज्यु बाट शंकर पोखरी लिफ्ट खानेपानी आयोजनाको शिलान्यास कार्यक्रम । साथमा सचिव ज्यु , फलेवास नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी ज्यु हरु ।
फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँ स्थित भौतिक पुर्वाधारको अभावमा मोती पुस्तकालयको भवनवाट संचालन भएको फलेवास नगरकार्यृपालिकाको कार्यालय यही मिति २०७५ माघ ४ गतेवाट खानीगाउँ स्थित प्रयोगविहीन र जिर्ण अवस्थामा रहेको सार्वजनिक (सिंचाई कार्यालयको) भवनलाई मर्मत सम्भार गरेर कार्यालयको सम्पूर्ण कामकाज एकै ठाउँवाट संचालन हुनेगरी सारीएको व्यहोरा सवै नगरवासीहरुमा जानकारी गराउन चाहन्छौँ । साथसाथै नगर कार्यपालिकाको कार्यालयवाट गरिने सेवा प्रवाह पहिलेभन्दा सहज र व्यवस्थित रहनेछ ।
फलेवास नगरकार्यपालिकाको कार्यालयमा नगर प्रमुख, नगर उप प्रमुख, वडा अध्यक्ष, वि.व्य.स.अध्यक्ष सहितको वृहद नगरस्तरीय प्रधानाध्यापक वैठक सम्पन्न । वैठकमा निम्न प्रस्तावहरुमा छलफल भएका छन ः